
कात्तिक २०, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यालय टेकुबाट बबरमहलमा सरेको छ ।
बोर्ड आइतबारदेखि बबरमहलस्थित नेपाल औषधि लिमिडेटको स्वामित्वमा रहेको घरमा सरेको हो ।
लिमिडेटसँग गत साउनदेखि नै लागू हुने गरी मासिक ५ लाख रुपैयाँ तिर्ने गरी केही कोठाहरु कार्यालय प्रयोजनका लागि भाडामा लिएको हो । बोर्डले औषधि लिमिडेटसँग पाँच वर्षे सम्झौता गरेको छ ।
२०७८ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ ।
बिमितहरुले अपेक्षा अनुरुप अझै सेवा नपाएको गुनासो गरेका छन् । सेवा प्रदायक संस्थाहरुले पनि काम अनुसार समयमै सोधभर्ना नभएको गुनासो गर्दै आएका छन् ।
बोर्डले भने स्थान तथा जनशक्तिको अभावमा प्रशासनिक काम गरी समयमै नतिजा दिन नसकेको बताउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4