+
+

देउराली सहकारीका बचकर्तालाई उजुरी दिन सीआईबीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १८:२७

२० कात्तिक, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले देउराली बचत तथा ऋण सहकारी संस्थाबाट पीडित बनेका बचकर्तालाई उजुरी दिन आह्वान गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै पीडित बचकर्तालाई उजुरी दिन आह्वान गरेको हो ।

‘ललितपुरको सातदोबाटमा केन्द्रीय कार्यालय भई भक्तपुर र काठमाडौं जिल्लामा रहेका सेवा केन्द्रहरुका निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त पेश गरेको अवस्था छ,’ सीआईबीले भनेको छ, ‘उल्लेखित कसुर उपर मुद्दा दर्ता गरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धान कार्य भईरहेको छ ।’

सोही कारण काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरु उपर प्रमाण सहित केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिन अनुरोध गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले यसअघि नै सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?