
२२ कात्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित भएकाहरुको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मङ्गलबार एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।
बैंकले विज्ञप्ति जारी गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरेको जनाएको छ ।
प्रधानमन्त्रीलाई चेक हस्तान्तरण कार्यक्रममा मुख्यसचिव डा.बैकुण्ठ अर्याल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती, सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहार लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4