
२२ कात्तिक, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को डिनमा प्राध्यापक डा. विजय केसी पुनः नियुक्त भएका छन् ।
नेपालमा मास्टर्स अफ विजनेस एड्मिनिस्ट्रेसन (एमबीए) भित्र्याएका केसी तेस्रो पटक डिन नियुक्त भएका हुन् ।
पहिलो पटक केसी सन् १९९२ मा डिन बनेका थिए । डिन बनेर केसीले १४ वर्ष कुसोमको नेतृत्व गरेका थिए । त्यसपछि उनी दोस्रो पटक सन् २०१७ मा डिन बनेका थिए ।
काठमाडौं विश्व विद्यालयको सञ्चालक समितिले केसीलाई डिन नियुक्त गरेको पत्र दिइसकेको छ ।
प्राडा केसीले काठमाडौं विश्वविद्यालयको प्रारम्भिक वर्षहरूमा स्कुल अफ म्यानेजमेन्टको डिनको रूपमा काम गरिसकेको बताए ।
उनले काठमाडौं विश्वविद्यालयमार्फत नेपालको उच्च शिक्षा प्रणालीमा योगदान पुर्याउन सकिने प्रचुर सम्भावना रहेको तथ्यलाई स्वीकार गर्दै आफूले फेरि एकपटक डिन पद स्वीकार गरेको बताए ।
प्रतिक्रिया 4