
२२ कात्तिक, काठमाडौं । रौतहटमा बिरामीको मृत्यु भएको विषयमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव यादवलाई पक्राउ गरेको हो । २० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका–८ कि ३० वर्षकी नुरजहान खातुनको अपरेशन गरिएको थियो ।
तर अपरेशनपछि रक्तश्राब नरोकिएपछि उनको २१ कात्तिकको अपरान्ह ५ बजे उक्त अस्पताले वीरगञ्ज पठाएको थियो । वीरगञ्जको मेट्रोसिटी अस्पतालमा चेकजाँच गराउँदा बिरामीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4