
२३ कात्तिक, काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका बडा नं.-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौंमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा शाहीका छिमेकी लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको कार्यालयमा प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।
सुनारसहितले शाहीको कात्तिक १७ गते हत्या गरेको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4