
२४ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष (आव) को असारमा समिट लघुवित्त वित्तीय संस्थालाई गाभेको नेशनल लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानीमा कमीसँगै नाफा पनि घटेको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ५० लाख ६३ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
मर्जर नहुँदा गत आर्थिक वर्षको प्रथम त्रैमसमा नेशनल लघुवित्तले मात्रै १० करोड २३ लाख ६२ हजार नाफा कमाएको थियो । नेशनल लघुवित्तले गत आवको प्रथम त्रैमासमा कमाएको नाफाको आधारमा मात्रै पनि कम्पनी कम्पनीको नाफा ४६ प्रतितशत भन्दा माथिले गिरावट भएको छ ।
खुद ब्याज आम्दानी गिरावट सम्भावित कर्जा नोक्सानीका लागि भएको प्रोभिजनिङमा वृद्धिले गर्दा लघुवित्तको नाफामा भारि गिरावट भएको हो ।
समिटसँग मर्जर नहुँदै गत आवको प्रथम त्रैमसमा १५ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको नेशनल लघुवित्तको खुद ब्याज आम्दानी चालु आबको प्रथम त्रैमासमा समिट लघुवित्तलाई गाभेको एकीकृत वित्तीय विवरणमा १४ करोड ९१ लाख मात्रै खुद ब्याज आम्दानी गरेको छ ।
मर्जरपछिको एकीकृत वित्तीय विवरणमा पनि गत आवको प्रथम त्रैमासमा नेशनलले मात्रै आर्जन गरेको खुद ब्याज आम्दानी भन्दा ६.२३ प्रतिशतले घटेको हो ।
यस्तै लघुवित्तको सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजन पनि ५४ लाखबाट बढेर ८४ लाख पुगेको छ ।
यससँगै लघुवित्तको सञ्चालन नाफा १६.१७ प्रतिशतले घटेर ७ करोड ८७ लाखमा सिमित भएको छ । जसले लघुवित्तको नाफामा गिरावट भएको हो ।
मर्जरसँगै लघुवित्तको चुक्ता पूँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चित नाफा २५ करोड ८० लाख र जगेडा कोषमा ९२ करोड ३४ लाख रुपैयाँ छ ।
असोज मसान्तमा लघुवित्तको कुल कर्जा लगानी १७ अर्ब १६ करोड ६० ला पुगेको छ । ४ अर्ब ९८ करोड रुपैयाँ बचत संकलन गरेको लघुवित्तले असोजसम्म १० अर्ब २९ करोड ३४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थासँग सापटी लिएको छ ।
प्रथम त्रैमासको लघुवित्तको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३१ पैसा, मूल्य आम्दानी अनुपात ५१.३४ गुणा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ५७ पैसा पुगेको छ ।
निष्क्रिय कर्जा अनुपात ४.१७ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया 4