
२४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले तीनै तहका अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिटै टुंग्याउने बताएका हुन् ।
आफू प्रधानन्यायाधीश भएको छोटो समयमै न्यायाधीश नियुक्तिको पहल गरेको भन्दै उनले भने, ‘सर्वोच्चमा भने एक जना न्यायाधीश नियुक्त गर्न सकेँ, फेरि पनि गर्न बाँकी नै छ । त्यो म छिटै नै पहल गर्दैछु ।’
उनले जुम्ला, धनकुटा, माइनगर र हेटौंडा इजलासमा भिडियो कन्फ्रेन्सबाट बहस व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए । श्रेष्ठले अघि भने, सानासाना व्यवस्थापकीय कार्यबाट पनि हामी केही अनियमिततालाई कमी गर्नसक्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4