
२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रमाथि प्रश्न उठाउनु दुस्साहस भएको बताएका हुन् ।
उनले सोही कार्यक्रममा नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणासमेत गरे ।
नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4