
काठमाडौं । आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जम्प’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट १२ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तु ‘सस्पेन्स’ रहेको संकेत गर्छ ।
मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको यो फिल्म मंसिर २९ गते प्रदर्शन हुँदैछ । कथाअनुसार राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । विगतमा दबाएर राखिएका अनुभूतिले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका घटनाक्रम वरपर फिल्मले फन्को मार्छ ।
फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, विनिता थापा, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कँडेलको अभिनय छ । फिल्म फेस्टिभलमा दरिलो उपस्थिति जनाएको फिल्मले दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4