२६ कात्तिक, काठमाडौं । साविक विजेता बार्सिलोना पनि होइन, जुड बेलिङघमको रियल मड्रिड पनि होइन ।
स्पेनिस ला लिगा उपाधिको अर्को दाबेदार एट्लेटिको मड्रिड पनि होइन । यस सिजन स्पानिस ला लिगाको शीर्ष स्थानमा छ जिरोना क्लब ।
९३ वर्षअघि स्थापना भएर चौथो पटक स्पेनको शीर्ष डिभिजन खेलिरहेको यो सानो क्लबले १३ खेलबाट ३४ अंक जोडेको छ र रियललाई २ अंकले पछि पारेको छ ।
शनिबार रायो भलकानोलाई हराएपछि जिरोनाले १३ मा ११ खेल जितेको छ र अपराजित यात्रा कायम राखेको छ ।
लिग खेल्ने क्लब मध्ये सबैभन्दा सानो स्टेडियम जिरोनाकै छ । यति सानो क्लबले कसरी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको होला ?
मेड इन म्यानचेस्टर
जिरोनाको सफलताको कथा एक हजार माइल उत्तरतिर रहेको म्यानचेस्टर सुरु हुन्छ ।
सन् २०१७ मा ग्लोबल म्यानचेस्टर सिटी फुटबल ग्रुप (सीएफजी) नेटवर्कमा आबद्ध हुने पहिलो क्लब थियो जिरोना । त्यसयता जिरोनाले सिटीको विशेषज्ञता र संगठनात्मक संरचनाबाट लाभ उठाइरहेको छ ।
जिरोनाले सिटीको खेलाडीबाट पनि फाइदा लिइरहेको छ । प्रिमियर लिगको लागि तयार पारिरहेको सम्भावित युवा ट्यालेन्टको सेवा जिरोनाले पाइरहेको छ ।
सिटीका म्यानेजर पेप ग्वार्डिओलाको योजनामा नसुहाएका र ट्रान्सफर विन्डोमा राखिएका खेलाडी जिरोनामा पुग्छन् ।
उदाहरणका लागि टाटी कास्टेलानोसले गत सिजन जिरोनाका लागि १४ गोल गरे । उनी सीएफजीकै अर्को क्लब न्युयोर्क सिटी एफसीबाट लोनमा जिरोना गएका थिए । त्यसपछि उनी २० मिलयन युरोमा लाजियोमा अनुबन्ध भए ।
हाल जिरोनाको टिममा रहेका धेरै खेलाडीहरु सिटीसँग जोडिएका छन् ।
१९ वर्षीय ब्राजिलियन विंगर साभियोले यस सिजन ३ गोल गर्नुका साथै ४ असिस्ट गरिसकेका छन् । उनी सीएफजी क्लब ट्रँयसबाट लोनमा आएका हुन् ।
राइट साइडेड डाइनामो यान कोउटोलाई सिधै सिटीबाट खरिद गरिएको हो ।
अग्रेसिभ मिडफिल्डर यानगेल हेरेराले यस सिजन चार गोल गरेका छन् र उनी सफल हुने खेलाडीमध्येमा दोस्रोमा छन् । उनी गत सिजन सिटीमा लोनमा बिताएर आएका हुन् ।
जिरोनाको टिममा सम्भवत सबै भन्दा महत्वपूर्ण खेलाडी मिडफिल्डर अलेइक्स गार्सिया पनि सिटीकै पूर्व खेलाडी हुन् ।
गार्सियाले प्रिमियर लिग क्लब सिटीमा २०१५ देखि २०१७ सम्म ९ खेल खेलेका थिए । आफ्नै नेटिभ स्पेनमा आएपछि गार्सियाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी हाल बल टच र फाइनल थर्डमा बल पास गर्नेमा शीर्षमा छन् ।
जिरोनाको सिटीसँगको कनेक्सन मैदान भित्र र मैदान बाहिर पनि उस्तै छ । जिरोनाको कार्यकारी अध्यक्ष पेरे ग्वार्डिओला नै अरु कोही नभएको पेप ग्वार्डिओलाका भाइ हुन् ।
जिरोनाले अहिले सिएफजीको दर्शनअनुसार अट्याकिङ पोसेसन बेस्ट शैलीमा खेलिरहेको छ ।
क्याटलोनियादेखि युक्रेनसम्म
जिरोनाको सफलता सिटीको कनेक्सन मात्र कारण मान्नु गलत हुन सक्छ । सीएफजीको स्वामित्व क्लबको सफलतामा धेरै कारणमध्ये एक मात्र हो ।
सिटीसँग कनेक्सनसहित जिरोना क्लब दुई स्थानीय व्यक्तिहरूद्वारा पनि सञ्चालित छ जसको नेतृत्वमा लामो इतिहासले ठूलो स्थिरता र उद्देश्यको स्पष्टता प्रदान गरेको छ ।
क्लबको अध्यक्ष डेल्फी गेली हुन् जसले जिरोनाबाट खेल करिअर सुरु गरेर जिरोनामै सकाएका थिए । त्यसबीचमा उनले बार्सिलोना र एट्लेटिको मड्रिडबाट समेत खेले । सन् २०१५ मा उनी प्रशासनिक काममा फर्किए ।
स्पोर्टिङ डिरेक्टर किके कार्सेल क्याटलानका अर्को व्यक्ति हुन् । बार्सिलोनाको युथबाट करिअर सुर गरेका उनले २०१४ मा हालको भूमिकामा आउनु अघि विभिन्न सानो लिग क्लबमा काम गरे ।
कार्सेलले यससिजन केही हदसम्म प्रशंसा पाइरहेका छन् र टिमको विकास र खेलाडी अनुबन्धमा उत्कृष्ट काम गरेको भन्दै उनको नयाँ सम्झौता २०२७ सम्म लम्बिएको छ ।
सिमित बजेट हुनका बावजुत पनि कार्सेलले म्यानचेस्टर युनाइटेडका पूर्व डिफेण्डर डाले ब्लाइन्ड, रियल मड्रिडका युवा लेफ्ट ब्याक मिगुएल गुटेइरेज अनी सेन्ट्रल डिफेण्डर एरिक गार्सिया बार्सिलोनाबाट लोनमा ल्याउने काम गरे ।
ग्वार्डिओलाको सहयोगमा बार्सेलको स्काउटिङ नेकवर्कले युक्रेनबाट केही राम्रा खेलाडी पनि ल्याएको छ ।
भिक्टोर टाइगानकोभ गत सिजनको बीचमा डाइनामो किभबाट आएका थिए । फरवार्ड अर्टेम डोव्बाइक डीनिप्रो-१ बाट यसै समरमा अनुबन्ध भएका हुन् ।
तेस्रो पटकमा भाग्यमानी मिकेल
युवा, अनुभवी, स्थानीय र अन्तर्राष्ट्रिय प्रतिभाहरूको मिश्रणले जिरोनालाई रोमाञ्चक र बहुमुखी टोली दिएको छ, तर यसलाई अझै पनि सबैलाई एकै ठाउँमा मिलाउन पनि कोही चाहिन्छ ।
र त्यसका लागि छन् प्रशिक्षक मिकेल ।
मिकेलले क्लबका लागि के आवश्यक छ त्यही बुझेर सफलताका लागि काम गरिरहेका छन् ।
खेलाडी छँदा मिडफिल्डर रहेका मिकेलले सन् २०१६ मा रायो भालकानोबाट प्रशिक्षण करिअर सुरु गरेका थिए । र रायोलाई उनले २०१८ मा ला लिगामा बढुवा गराएका थिए । तर अर्को सिजन क्लब रेलिगेसनमा परेपछि रायोसँग उनको सम्बन्ध टुट्यो ।
त्यसपछि उनले हेरेको अर्को कलब हुएस्कामा पनि त्यस्तै भयो । अनी उनी तत्कालै २०२१ मा जिरोनामा अनुबन्ध भए र क्लबलाई बढुवा गराए । तर उनलाई अर्को बर्खास्तमा पर्ने डर पनि हुन सक्छ ।
तर अहिले तेस्रो पटकमा उनी भाग्यमानी बने । मिकेलले १८ महिनाअघि क्लब सम्हाले पनि गिरोनो बलियो भन्दा बलियो बनिरहेको छ ।
उनले क्लबको उच्च तहबाटै प्रोग्रेसिभ अट्याकिङ फुटबल खेल्नुपर्ने आवश्यकता अनुसार नै आफ्नै क्षमतावान टिम तयार पारेका छन् ।
प्राय सानो क्लबले ठूलो विपक्षीसँग खेल्दा डिफेन्सिभ संरचनामा ध्यान दिन्छन् तर जिरोनाको सफलता भने अल-आउट अट्याकबाट सुरु हुन्छ ।
उनीहरुले ला लिगामा यस सिजन सबैभन्दा धेरै ३१ गोल गरिसकेको छ । उसको नजिक रहेको रियल मड्रिडले २८ गोल गरेको छ । मिकेलले गत साता ओसासुना विरुद्धको खेलमा आफ्नो मानसिकतालाई पूर्ण रुपमा चित्रण गरेका थिए ।
अन्तिम समयमा ३-२ ले अग्रता लिइरहेको अवस्थामा धेरै म्यानेजरले अतिरिक्त डिफेण्डरलाई मैदान प्रवेश गराउँछ तर मिकेलले दुई फरवार्डलाई मैदान प्रवेश गराए जसमध्ये एक पोर्टुले इन्जुरी टाइममा क्रस उपलब्ध गराए, जसमा गार्सियाले चौथो गोल गरे ।
रायोको यात्रा मिकेलका लागि पनि विशेष रह्यो । जहाँ उनले खेलाडी करिअरको २० मध्ये १७ वर्ष बिताएका थिए । त्यही क्लबको प्रशिक्षकबाट बर्खास्त हुनुअघि उनैले बढुवा गराए ।
गत सिजन दशौं स्थानमा समाप्त गरेपछि, प्रि-सिजनको दौरानले मिकेलले आफ्ना खेलाडीहरूलाई भने कि उनले आफ्नो टोली अझै आफ्नो सीमामा पुगेकोमा विश्वास गरेका थिएनन् । ती शब्दहरू प्रारम्भिक साबित भए । अब सीमा कहाँ पुग्छ त्यो हेर्न बाँकी छ ।
अब जिरोनाको अर्को लक्ष्य, च्याम्पियन्स लिग ?
प्रतिक्रिया 4