२६ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा भारतका श्रेयस ऐयर र केएल राहुलले शतक बनाएका छन् ।
उनीहरुको शतक र पाँचौ विकेटका लागि गरेको २०८ रनको साझेदारीको मद्दतमा भारतले नेदरल्याण्डसलाई ४११ रनको लक्ष्य दिएको छ ।
बैंगलुरुमा नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको भारतका लागि चौथो नम्बरमा ब्याटिङमा आएका ऐयरले ८४ बलमा शतक पूरा गरेका हुन् ।
उनी १२८ रनमा नट आउट भए । उनले तेस्रो विकेटका लागि विराट कोहलीसँग ७१ रनको साझेदारी गरेका थिए । कोहली ५१ रनमा आउट भए ।
यस्तै पाँचौं नम्बरमा ब्याटिङ गरेका केएल राहुलले ६२ बलमा शतक पूरा गरे । उनी ५० ओभर पूरा हुन १ बल बाँकी छँदा १०२ रनमा आउट भए ।
ओपनर रोहित शर्मा ६१ र शुभमन गिल ५१ रनमा आउट भए ।
प्रतिक्रिया 4