+

८ गोलको खेलमा सिटी र चेल्सीको रोमाञ्चक बराबरी

२०८० कात्तिक  २७ गते ९:१५ २०८० कात्तिक २७ गते ९:१५
८ गोलको खेलमा सिटी र चेल्सीको रोमाञ्चक बराबरी

२७ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटी र चेल्सीले ४-४ को रोमाञ्चक बराबरी खेलेका छन् ।

सिटीकै पूर्व खेलाडी कोल पाल्मरले इन्जुरी टाइममा चेल्सीका लागि पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा सकिएको छ ।

त्यसपछि दुवै टोलीले अग्रता लिए पनि काउम राख्न सकेनन् ।

खेलको २५औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाउका थिए । तर थियागो शिल्भाले २९औं मिनेटमा चेल्सीका लागि बराबरी गोल फर्काए भने ३७औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।

तर सिटीका मानुएल अकान्जीले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल २-२ को स्थितिमा पुर्‍याए ।

दोस्रो हाफको सुरुमै हालान्डले गोल गरेपछि सिटीले फेरि अग्रता बनायो । तर ६७औं मिनेटमा चर्ल्सीका निकोलस ज्याक्सनले गोल गरी खेल ३-३ को बराबरीमा पुर्‍याए ।

८६औं मिनेटमा रोड्रीडे गोल गर्दै सिटीलाई ४-३ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । तर इन्जुरी टाइममा चेल्सीले पेनाल्टी पायो ।

सिटीका रुबेन डियाजले चेल्सीका अर्मान्डो ब्रोजालाई फल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । जसमा सिटीकै पूर्वखेलाडी पाल्मरले गोल गर्दै खेल बराबरी गरे ।

बराबरी पछि सिटी १२ खेलबाट २८ अंकसहित शीर्ष स्थानमै छ । चेल्सी १२ खेलबाट १६ अंक जोडे र १०औं स्थानमा छ ।

चेल्सी म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय