
२७ कात्तिक, काठमाडौं । हुनत पहाडमा भन्दा तराईमा धानको उत्पादन बढी हुन्छ । तर पहाडी क्षेत्रमा पनि धेरै धान खेती हुन्छ ।
पहाडका मानिसहरुको खाद्यान्नको ठूलो हिस्सा यहीँका गैरी र टारी खेतहरुमा गरिएकव धानखेतीबाट पूरा हुन्छ । साना साना गरामा खनजोत गर्न धेरै मिहिनेत गर्नुपर्ने र सिँचाइको भरपर्दो स्रोतहरु नभए पनि धेरै पहाडी बस्तीमा धान खेती राम्रो हुन्छ ।
पछिल्लो समय पहाडी क्षेत्रमा थोरै पानी भए पनि पुग्ने खालका धान विकास भइसकेका छन् । यस्ता धानहरु कात्तिकको सुरुवातदेखि नै पाक्न थाल्छन् । धान पाक्ने बेलामा पहाडी बस्ती र फाँटहरु मनमोहक देखिन्छन् । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको ताकुकोट क्षेत्रमा पनि धानखेती हुने धेरै फाँटहरु छन् । धानका बाला लहलह झुलेका बेला यहाँको बस्ती आकर्षक देखिएको छ ।
हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4