
२७ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा गौशालामा सोमबार सामूहिक गाईपूजा गरिएको छ ।
रेसुङ्गा संरक्षण समितिको आयोजनामा गाईतिहारे औँसीको दिन धार्मिकस्थल रेसुङ्गासँगै रहेको गौशालामा गाईको सामूहिक पूजा गरिएको रेसुङ्गा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद पन्थीले बताए ।
हिन्दु धर्मावलम्बीले गौशालामा रहेका गाईलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठो लगायत खुवाउने गर्छन् । रेसुङ्गाको गौशालामा २०४२ सालदेखि गाई पाल्न थालिएको थियो ।
रेसुङ्गामा हिन्दु धर्मावलम्बीले पितृहरुको मनोकांक्षा पूरा गर्न भन्दै गाईदान गरेर छोडने चलन छ । गाउँघरमा गाई पाल्ने प्रचलन घट्दै गएका कारण गौशालामा गाई पूजा गर्न आउनेहरु बढेका छन् ।
गौशालामा रेसुङ्गा संरक्षण समितिले स्थानीय जातका गाईहरु पाल्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4