+
+
टिकटक प्रतिबन्धमा प्रतिक्रिया :

रविको प्रश्न : नेताहरु भ्रष्ट भएमा पार्टी नै बन्द गरिदिने ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १६:२०

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टिकटक बन्द गराउने सरकारको निर्णयको विरोध गर्दै ‘नेताहरु भ्रष्ट भए भन्दैमा दलहरुमाथि नै प्रतिबन्ध लगाउन नहुने’ टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा बन्द गर्ने काम भएको भन्दै उनले विषयवस्तुको नियमन गर्नुपर्नेमा माध्यमलाई नै प्रतिबन्ध लगाउन खोजिएको टिप्पणी गरे । ‘अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौ नेताहरु भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने हो त ?’

टिकटकका कैयौं प्रयोगकर्ता र तिनका विषयवस्तु खराब भएपछि सबै गलत नभएको उनले बताएका छन् । उनले गलत भएकै आधारमा यस्तो निर्णय हुने भए सबै प्लेटफर्मलाई बन्द गर्नुपर्ने अवस्था आउने टिप्पणी गरेका छन् ।

‘आजको युगमा सामाजिक सञ्जाल (सोसल मिडिया)को विकल्प सुधारिएको सामाजिक सञ्जाल हो’ रविले लेखेका छन्, ‘सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?