
२७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले राजनीतिक नेतृत्वलाई आक्षेप लाग्ने सामग्री आउन थालेपछि सरकारले टिकटकमा प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।
सरकारले टिकटकले सामाजिक सद्भाव भड्काउने, राष्ट्रिय सुरक्षामा गम्भीर असर गर्ने सामग्री फैलाएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
तर, सांसद् खनाल भन्छन्, ‘टिकटकमा भएका सामग्री ठीक छैन, सद्भाव खल्बलिएको छ भने त्यस्तो सामग्री राख्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ । नियमन गर्नुपर्छ । तर, यसलाई प्रतिबन्ध लगाउनु सही होइन ।’
प्रतिबन्ध लगाउँदैमा त्यस्ता सामग्रीहरु फैलिन नरोकिने भन्दै उनले भने, ‘भारतको उदाहरण हेर्ने हो भने त्यहाँ टिकटक बन्द हुनेबित्तिकै उस्तै खाले कन्टेन्ट फेसबुक रिल्स र इन्स्टाग्राममा आइरहेको छ ।’ त्यसैले कुनै एउटा प्लेटफर्मलाई बन्द गर्नु यसको समाधान नभएको खनालले बताए ।
‘मान्छे बानी परिसकेको छ, अभ्यस्त भइसकेका बेला प्रयोगकर्ताले प्लेटफर्म मात्र परिवर्तन गर्छन्, सामग्री राख्नै छाड्ने गर्दैैनन्’, खनालले थपे ।
सरकारमा अधिनायकवादी भावना देखिएको भन्दै खनालले निर्णय गर्नेहरुले नयाँ प्रविधि बुझ्न नसकेको बताए । उनले भने, ‘यसले सही नियतले नै यो गरेको हो भनेपनि यो निर्णयले त्यसको समाधान दिँदैन ।’
प्रतिक्रिया 4