+

विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङ गर्दै

२०८० कात्तिक  २९ गते १३:५६ २०८० कात्तिक २९ गते १३:५६
विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध भारत ब्याटिङ गर्दै

२९ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

मुम्बईको बानखडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

सेमिफाइनल खेलका लागि भारत र न्यूजिल्याण्ड दुवैले टिमका केही परिवर्तन गरेका छैनन् ।

समूह चरणको एक मात्र अपराजित भारत सबै ९ खेल जितेर फाइनलमा पुगेको हो ।

न्यूजिल्याण्डले भने समूह चरणका ९ मध्ये ४ खेल हारेको थियो र समूह चरणमा चौथो भएर सेमिफाइलनमा पुगेको हो ।

यी दुईबीच समूह चरणमा भएको खेलमा भारत ४ विकेटले विजयी भएको थियो ।

विश्वकप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय