
काठमाडौं । विश्वकै प्रतिष्ठितमध्येको सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको प्रारम्भिक चरणको प्रतिस्पर्धा नेपाली समयानुसार बिहीवार बिहानदेखि एल साल्भाडोरमा सुरु भएको छ ।
प्रारम्भिक चरणको प्रतिस्पर्धामा परिचय राउण्ड, पहिरन र स्वीम सुट लगायतका विधा पर्छन् । यो राउण्डमा जित निकाल्न सके अन्तिम १५ मा सीधै छनोट हुनसक्ने सुविधा छ । जसले गर्दा यो चरणमा जित निकाल्न सुन्दरीबीच प्रतिस्पर्धा हुने गर्छ ।
नेपालबाट जेन दीपिका गारेटले प्रतिस्पर्धामा भाग लिएकी छन् । यसपटकको मिस युनिभर्समा दीपिकालाई प्लस साइजकी प्रतियोगि भनेर अन्तर्राष्ट्रिय मिडियाले चर्चा गरिरहेका छन् । बिहीबार बिहान स्वीमसुट अवतारमा मञ्चमा देखिएकी दीपिकाले आफ्नो परिचय दिइन् ।
उनले नेपाल भनेर परियच दिँदा हल ताली र हुटिङले गुञ्जायमान भएको थियो । यो राउण्डमा उनी आत्मविश्वासी पनि देखिएकी थिइन् । सामाजिक संजालमा समेत दीपिकालाई समर्थन मिलिरहेको छ ।
Miss Universe Nepal Jane Garrett Swimsuit Competition
Miss Universe 2023 Preliminary Competition📷📷#Missuniverse#MissUniverse2023#Mu2023#72ndMissUniverse#PreliminaryCompetition#SwimsuitCompetition pic.twitter.com/wkaOEygDDm
— MissMiss (@MissMiss1546642) November 16, 2023
७२ औं मिस युनिभर्सको फिनाले नोभेम्बर १८ मा हुँदैछ ।
प्रतिक्रिया 4