+
+

गरिबले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्छ : अध्यक्ष सिलवाल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १३:२६
फाइल तस्वीर

१ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिबले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ‘सही प्लान’ सञ्चालनमा ल्याएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बीमाको बारेमा स्थानीय तहलाई बुझाउनसके मात्र सर्वसाधारणले पनि सहजै बुझ्नसक्ने स्थिति रहेको उनको भनाइ छ ।

देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको उनले बताए ।

मुलुकभित्र राष्ट्रिय बीमा नीति, प्रदेश बीमा नीति र स्थानीय तहको बीमा नीति हुनुपर्ने उनले बताए ।
उनले आउने समय बीमाको हिसावमा अझै सुखमय हुने बताए ।

सर्वसाधारणलाई किन बीमा गर्ने र बीमा गर्दा के फाइदा हुन्छ ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?