
३ मंसिर, काठमाडौं । छिमेकी भारत अष्ट्रेलियाविरुद्ध विश्वकप फाइनलमा भिड्दैगर्दा यसको प्रभावबाट राजनीति अछुतो बस्न सकेन ।
अहमदावादको नरेन्द्र मोदी स्टेडियममा दुई क्रिकेट महाशक्ति आमनेसामने हुँदैगर्दा सत्तारुढ भाजपाले ट्वीट गर्यो, ‘कम अन् टिम इन्डिया ! वि विलिभ इन् यु ।’ अर्थात् अघि बढ भारतीय टोली, हामी तिमीमाथि विश्वास गर्छौं ।
भाजपाको त्यस ट्वीटलाई कोट गर्दै प्रतिपक्षी दल कंग्रेसले लेख्यो, ‘जितेगा इन्डिया ।’
रोचक के छ भने कंग्रेसले आफ्नो पहलमा सन् २०२४ मा हुने लोकसभा चुनावका लागि भाजपालाई चुनौती दिन ‘इन्डिया’ नामको गठबन्धन खडा गरेको छ । त्यसको नारा नै जितेगा इन्डिया राखिएको छ । कंग्रेसले लेखेको इन्डिया शब्द सबै क्यापिटल लेटरमा छ, जसको अर्थ र नाराले भाजपालाई चुनौती दिने सन्देश बोकेको छ ।
इन्डिया अर्थात् इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लिुसिभ एलाइयन्स मा कंग्रेससहित ममता बनर्जीको तृणमुल कंग्रेस, नितिश कुमारको जनता दल, केजरीवालको आम आदमी पार्टी, कम्युनिस्ट पार्टी, राष्ट्रिय जनता दल आदि छन् ।
विपक्षीले इन्डिया मोर्चा घोषणा गरेलगत्तै त्यसलाई काउन्टर दिन भाजपाले आफना दस्तावेजहरुमा इन्डिया लेख्नु साटो भाजपा लेख्न थालेको थियो । कतिसम्म भने पछिल्लो गणतन्त्र दिवसमा पठाइएको निम्तोपत्रमा राष्ट्रपति द्रौपदी मुर्मुको लेटरहेडमा समेत इन्डिया नलेखी भारत लेखिएको थियो ।
यस क्रिकेट फाइनलमा भने भाजपाले भारत नलेखी इन्डिया लेख्नपुग्दा कंग्रेसले उसलाई ट्वीटरमा उडाएको हो ।
अहिले विश्वकप क्रिकेटका बेला यो रमाइलो वादप्रतिवाद सार्वजनिक भयो । आपसमा जुहारी खेल्दै भए पनि दुवै दलले भारतीय टोलीलाई शुभकामना दिन भने पछि परेका छैनन् ।
प्रतिक्रिया 4