
काठमाडौं । फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते भएका छन् । उनी चढेको कार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ चौकीधारमा आइतबार बेलुका दुर्घटना भएको छ ।
उनी चढेको कार सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा किरणको मेरुदण्डमा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकले एक महिना आराम गर्न सल्लाह दिएका छन् ।
भर्खरै पिच गरेको सडकमा तेर्साइएका ढुंगा छल्न खोज्दा चिप्लिएर कार खसेको किरणले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा चालक राज थापा मगर सामान्य घाइते छन् । ‘अवस्था अहिले सुधारोन्मुख छ,’ किरणले भने ।
किरणले अभिनय गरेको फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । उनले निर्माण गरेको फिल्म ‘दुई नम्बरी’ बक्स अफिसमा हिट भएको थियो भने अर्को फिल्म ‘हात्तीछाप’ माघ २६ गते रिलिज हुने तयारीमा छ ।
प्रतिक्रिया 4