+

राष्ट्रिय र अन्तर्राष्ट्रिय लेजर रन प्रतियोगिता हुने

२०८० मंसिर  ५ गते १६:१७ २०८० मंसिर ५ गते १६:१७
राष्ट्रिय र अन्तर्राष्ट्रिय लेजर रन प्रतियोगिता हुने

५ मंसिर, काठमाडौं । मोडर्न पेन्टाथलोन संघ नेपालको आयोजनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय लेजर रन प्रतियोगिता हुने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै यही मंसिर ६ गते दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगिता र मंसिर १० गते युआईपीएम ग्लोबल लेजर रन सिटी टुर हुने जानकारी गराएको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रतियोगिता हुने संघले जनाएको छ ।

पेन्टाथलोनमा स्विमिङ, रनिङ, सुटिङ, फेन्सिङ र हर्स राइडिङ गरी कूल पाँच खेल समावेश हुन्छ । त्यसमध्ये लेजर रनमा भने सुटिङ र रनिङ गरी दुई खेल मात्र समावेश हुने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय लेजर रन प्रतियोगितामा ६ प्रदेशबाट करिब एक सय खेलाडी सहभागी हुने संघको अपेक्षा छ ।

जसमा यू-९, यू-११, यू-१३, यू-१५, यू-१७, यू-१९, जुनियर र सिनियर विधामा प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यस प्रतियोगिताबाट हरेक विधामा पहिलो देखि चौथो हुने ४-४ खेलाडी ग्लोबल लेजर सिटी टुरमा छनोट हुने संघका महासचिव यादव बस्नेतले बताए ।

लेजर रनमा रनिङ र सुटिङ रोटेसनका आधारमा हुने अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै मंसिर १० गते हुने ग्लोबल लेजर रन सिटी टुरमा नेपालसहित चार राष्ट्रले भाग लिने पक्का भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भारत, पाकिस्तान र बंगलादेश आउने पक्का भइसको र अफगानिस्तानसँग पनि कुरा भइरहेको उनले बताए ।

यसअघि २०२१ मा यो प्रतियोगिता गर्ने भनिए पनि कोभिड-१९ को कारण गर्न नसकेको र अहिले आयोजना गर्न लागेको उनले जानकारी दिए ।

ओलम्पिक खेल मोडर्न पेन्टाथलोनको इतिहास लामो रहेको र नेपालमा भने यो खेलको धेरै चर्चा नभएको श्रेष्ठले बताए ।

२०२४ मा फ्रान्समा हुने पेरिस ओलम्पिकपछि मोडर्न पेन्टाथलोनमा हर्स राइडिङको सट्टामा अब्सट्याकल खेल समावेश गरिने निर्णय भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

लेजर रन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय