+
+

फ्रि भीपीएन र ओपन डीएनएसले बैंक खाताबाट पैसा चोरी हुन सक्छ : मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १८:३३

५ मंसिर, काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेसँगै सरकारले यसरी सामाजिक सञ्जाल नचलाउन अनुरोध गरेको छ ।

फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताबाट पैसा चोरी हुनेदेखि इमेल अकाउन्ट ह्याक हुने जोखिम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘फ्रि भीपीएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पीड घट्ने, बैंक खाताबाट पैसा चारी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

टिकटक प्रयोगमा तत्काल रोक लगाउने निर्णयको जनस्तरमा व्यापक समर्थन भइरहेको भन्दै मन्त्रालयले नागरिकको सुरक्षा र गोपनीयताको संरक्षणका लागि यस्तो निर्णय लिनु परेको समेत स्पष्ट पारेको छ ।

राष्ट्रिय सार्वभौमिकताको रक्षा र साइबर अपराधका घटना न्यूनीकरणमा समेत सरकारले यस्तो कदम चालेको मन्त्रालयको भनाइ छ ।

सामाजिक सञ्जालको रुयमा प्रयोग भइरहेको टिकटकको माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै भन्दै सरकारले नेपालमा टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?