
काठमाडौं । मंसिर २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई कदम’मा अभिनेत्री वर्षा सिवाकोटीको केमियो रोल हुने भएको छ । फिल्मको ‘ये मेरा बाबै नि’ गीतमा उनलाई दर्शकले देख्न पाउने भएका हुन् ।
ठमेलको एक क्लबमा मंगलबार यो डान्सिङ ट्रयाकको छायांकन भएको छ । त्यहाँ सार्वजनिक तस्वीरमा वर्षालाई डेब्यु कलाकार इओन लिम्बूसँग रोमान्टिक देख्न सकिन्छ । दुई दिन लगाएर गीत खिचिएको छ ।
गीतमा आशिष अविरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द र आशिषको संगीत छ । गीतमा आशिषकै एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ । गीतमा नृत्य निर्देशक कविराज गहतराजले कलाकारलाई नचाएका छन् । फिल्मको सुटिङ सौरभ लामाले गरिरहेका छन् ।
उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको पनि अभिनय छ ।
अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, डीपी खनालको गीत लेखन, राजु किरातीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन छ ।
प्रतिक्रिया 4