+
+

मनिग्रामबाट पठाएको पैसा ईसेवा मनि ट्रान्स्फर मार्फत सजिलै प्राप्त गर्न सकिने 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १७:०४

काठमाडौं । विश्वका दुई सय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीच नगद रेमिट्यान्स भुक्तानी सेवा सुरू गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतासँगै विदेशमा रहेका नेपालीले मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा ग्राहकहरूले मनिग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्स्फरका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरूले १५ पुससम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्नेछन् । अफर अन्तरगत आगामी १० दिनसम्म मनिग्राम मार्फत नगद पठाउँदा अतिरिक्त १०० रुपैयाँ बोनस पाउनुका साथै टी–सर्ट, टोपी, कलम र किचनका आकर्षक सामग्राीहरू प्राप्त गर्नेछन् ।

साथै १५ पुससम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन् ।

ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग निरन्तर साझेदारी गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए ।

सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने उनले बताए ।

साथै भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरी नेपालमा नगद रेमिटेन्सको पहुँच बढाउन प्रतिबद्ध रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?