+
+

माओवादी नाम नफेर्न पार्टी नेतृत्वलाई सञ्चार-सांस्कृतिक महाशाखाको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १७:२०

६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको सञ्चार-सांस्कृतिक महाशाखाले कुनै पनि दलसँग पार्टी एकता गर्दा माओवादी नाम नफेर्न नेतृत्वलाई सुझाएको छ ।

महाशाखाकी अध्यक्ष विमला केसीका अनुसार बुधबार बसेको संगठनको पूर्ण बैठकले पार्टी एकताका नाममा माक्र्सवाद, लेलिनवाद र माओवाद छाड्न नहुने र पार्टीको नाममा पनि माओवादी अनिवार्य राखिनुपर्ने निर्णय गरेको हो ।

‘सर्वसम्मत निर्णयका आधारका महाशाखाले माथिल्लो कमिटीलाई पार्टी एकताका नाममा माक्र्सवाद, लेलिनवाद र माओवाद नछाड्न र माओवादी नाम नफेर्न सुझाव पठाउने निर्णय भएको छ’ अध्यक्ष केसीले जानकारी दिइन् ।

माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीसँग एकता प्रक्रिया अगाडि बढाएको छ । त्यसक्रममा माओवाद नै छाड्ने सम्मका विषय आएकाले त्यसलाई रोक्नका लागि नेतृत्वको ध्यानाकर्षण गरिएको उनले बताइन् ।

‘माओवादीको आफ्नै पहिचान छ । पहिचान मेटाएर जाने विषय उचित हुँदैन । यसले पार्टीलाई कालान्तरमा ठूलो क्षति पुर्‍याउँदछ’ अध्यक्ष केसी भन्छिन्, ‘एजेण्डा र इतिहास छ भने पार्टी सानो भएर पनि रहिरहन सक्छ । एजेण्डा र इतिहास बिर्सँदै गए भन्न सकिन्न ।’

नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रसँग एकता गर्नका लागि माओवाद छाड्नुपर्ने शर्त राखेका बेला माओवादी केन्द्रको सञ्चार-सांस्कृतिक महाशाखाले त्यसो नगर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?