७ मंसिर, काठमाडौं । कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले दोस्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा स्वर्ण जितेका छन् ।
मोर्डन पेन्टाथलन संघद्वारा आयोजित प्रतियोगिताको यु-१७ उमेरसमूहको पुरुषमा सौगात र महिलामा अन्जुले स्वर्ण जितेका हुन् ।
यु–१९ को पुरुषमा बागमती प्रदेशका शुलभ सुनुवार र महिलामा गण्डकी प्रदेशकी विनिता सार्की, जुनियरको पुरुषमा बागमतीका राहुल दर्शन र महिलामा कोशीकी इन्द्रकला नेम्वाङ, यु-९ को पुरुषमा बागमतीका पविनजंग गुरुङ र महिलामा बागमतीकै सुविज्ञा सुवेदी, यु-१३ को पुरुषमा कोशीका युसन कार्की र महिलामा कोशीकै स्नेहा राजवंशी तथा यु-१५ को पुरुषमा बागमतीका सोयबमान श्रेष्ठ र महिलामा कोशीकी अविरा रेग्मीले पहिलो स्थान हात पारे ।
सिनियरको पुरुषमा बागमतीका रामबहादुर घिमिरे तथा भेट्रानमा शैलेन्द्रमान तुलाधरले शीर्ष स्थान हात पारे ।
प्रतिक्रिया 4