
७ मंसिर, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले राजीनामा दिएसँगै इन्जिनियरिङतर्फ नयाँ सचिव नियुक्त हुने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेसँगै नयाँ सचिव नियुक्तिको बाटो खुलेको हो ।
९ पुस २०८०मा अवकास हुने तय भएपनि पेन्सन सुविधा बढाउनका लागि घिमिरेले एक महिनाअघि नै राजीनामा दिएका हुन् ।
घिमिरेको राजीनामा स्वीकृत भएपछि अब रिक्त सचिव बढुवाका लागि लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ प्राविधिक सहसचिवको नाम सिफारिस गर्नेछ ।
वरिष्ठताका आधारमा अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी पहिलो नम्बरमा सिफरिस हुने पक्का छ । उनी यसअघि एक पटक सचिवका लागि सचिवको लागि सिफारिसमा परिसकेकी छिन् ।
दोस्रो वरियतामा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्र छन् । तेसो नम्बरमा भने खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे छन् । उनीहरु तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले सचिवमा बढुवा गर्नेछ ।
प्रतिक्रिया 4