
८ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंलाई बन्दी बनाएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन परेको छ ।
प्रसाईंको राष्ट्र बचाउ अभियानले बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेको थियो । त्यसक्रममा झडप समेत भएको थियो ।
प्रसाईंले तीनकुनेमा निरन्तर प्रदर्शन गर्ने घोषणा गर्दै नेता र बैंकका सीईओहरुमाथि आक्रमण गर्ने धम्की दिएपछि गृह प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । तीनकुने क्षेत्रमा प्रदर्शन गर्न जम्मा भएकाहरुलाई पक्राउ गरेको छ भने प्रसाईंको घर परिसरमा समेत सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
प्रसाईंले भने आफूलाई घरमै नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा रिट दायर गराएका छन् । प्रसाईंको तर्फबाट डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिट निवेदनमा धरपकड, भेटघाटमा आएकाहरुलाई केरकार गरेर राज्य आतंक सिर्जना गरेको दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4