
काठमाडौं । फुटबलको मजा लिन दशरथ रंगशाला पुगेका दर्शकले शुक्रबार बेलुका नृत्य र गायनको पनि मजा उठाए । सन्दर्भ थियो, शुक्रबारदेखि सुरु भएको नेपाली फुटबलको फ्रेन्चाइजी लिग ‘एनएसएल’को ।
टिकटक स्टार जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडादेखि युवापुस्ताका चर्चित गायक सुशान्त केसीसम्मले रंगशालालाई मनोरञ्जन दिलाए । प्रिन्सी र प्रिज्माले स्टेजमा ‘काले केटा’ले गीतमा नाच्दा दर्शकले चिसिएको काठमाडौंमा गर्मी महसुस गरे । सुशान्तले केही हिट गीतहरु पस्किए । उनीसँगै वाङ्देन शेर्पाले पनि गायन प्रस्तुत गरे ।
पछिल्लो समय विश्वभर ठूला खेलकुद समारोहको शुभारम्भ र समापनमा सांगीतिक कार्यक्रम प्रस्तुत दिने अभ्यास छ । नेपालको एक मात्र फ्रेन्चाइजी लिग फुटबल प्रतियोगिता नेपाल सुपर लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरु भएको छ । हिमालय टिभीले फुटबलको प्रत्यक्ष प्रसारण गर्दैछ ।
तस्वीरहरु
प्रतिक्रिया 4