
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
अध्यक्ष केसीले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक, माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
माछापुच्छ्रे बैंकको ७ मंसिरमा बसेको सञ्चालक समितिको बैंठकले केसीलाई अध्यक्षमा चयन गरेको थियो ।
उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भइ हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4