
८ मंसिर, काठमाडौं । अस्थायी युद्ध विराम सहमतिअनुसार हमासले इजरायली बन्धकलाई छाडेको छ । १२ थाइ नागरिक पनि रिहा भएका छन् ।
७ अक्टोबरमा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्ध चार दिनलाई रोक्न बुधबार मात्र सहमति भएको थियो । सहमतिअनुसार इजरायलले गाजामा आक्रमण गर्ने छन् भने हमासले ५० बन्धकलाई छाड्ने छ ।
युद्धविराम लागू भएको पहिलो दिन हमासले आफूले बन्धक बनाएका १३ इजरायली नागरिकलाई राहत कार्यमा जुटेको रेडक्रसको जिम्मा लगाएको छ । इजरायली सञ्चार माध्यमहरुका अनुसार उनीहरुलाई गाजाको कुन स्थानबाट रिहा गरिएको खुलाइएको छैन । तर उनीहरु इजिप्ट पुगिसकेका छन् ।
रिहा भएकाहरुलाई अब आरिश विमानस्थल पुर्याइने छ र सेनाको हेलिकप्टरबाट इजरायल ल्याइनेछ । इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार यो प्रक्रियाको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका साथै रक्षामन्त्रीले तेल अबिबस्थित सेनाको मुख्यालयमा रहेको कमाण्ड सेन्टरबाट निगरानी गरिरहेका छन् ।
१२ थाइ नागरिक पनि छुटे
इजरायल र हमासबीच भएको युद्ध विराम सहमतिमा समावेश नभएका १२ थाइ नागरिक पनि छुटेका छन् ।
हमासले गाजामा बन्धक बनाएका आफ्ना १२ थाइ नागरिकलाई रिहा गरेको छ थाइल्याण्डका प्रधानमन्त्रीले बताएका हुन् । रिहा भएका उनीहरुलाई थाइल्याण्ड लैजाने प्रक्रिया चलिरहेको थाइ दूताबासले जनाएको छ ।
प्रतिक्रिया 4