
१० मंसिर,काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एक कार्यक्रम गरेर दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम गरिएको हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।
प्रमुख लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई पालिकाका बीच आसपमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाई लगायतका विषय आदान–प्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले बताइन् ।
गुरु रेम्पोछेको प्रतिमा शिलान्यास सहित दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापितको उद्देश्यले आयोजित कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी लगायतको उपस्थिति थियो ।
हेटौंडा उपमहानगरपालिकाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट आफ्नो पहिलो भगिनी सम्बन्ध सुरुवात गरेको हो ।
प्रतिक्रिया 4