+
+

प्रहरी समायोजनका लागि दबाब दिन प्रदेशका गृहमन्त्रीहरु काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ९:१७

१२ मंसिर, काठमाडौं । प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरु काठमाडौं आएका छन् । उनीहरुले आज प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना माग राख्ने छन् ।

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनको मागसहितको ज्ञापनपत्र बुझाउने बताए । ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर केन्द्र सरकारले प्रहरी समायोजनका लागि ढिला गरिरहने हो भने हामी आफ्नो हिसाबले अघि बढ्छौं भनेर भन्छौं,’ गृहमन्त्री पाण्डेयले भने ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रधानमन्त्री प्रचण्डलाई दिउँसो २ बजे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटेर ज्ञानपन पत्र बुझाउने कार्यक्रम छ ।

मुलुक तीन तहको संघीय संरचनामा वर्गीकरण भएको झण्डै एक दशक पुग्न लाग्दा पनि प्रदेश प्रहरी गठन हुन सकेको छैन । प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरुको गुनासो छ ।

प्रदेश प्रहरी नहुँदा शान्ति सुरक्षा मजबुत पार्न नसकिएको जिकिर गर्दै संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गरेको मधेश सरकारले २ पटक सर्वाेच्च अदालतमा मुद्दा नै दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?