+
+

कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १५:५५

१२ मंसिर, काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

१० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका अपूर्व क्षितिजले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि २०७९ असोजमा पक्राउ परेका थिए ।

थुनछेक बहसपछि उनलाई जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?