
काठमाडौं । नेपाल न्युरोसर्जन समाजको अध्यक्षमा वरिष्ठ न्युरोसर्जन प्रा. डा. राजीव झा चयन भएका छन् । काठमाडौंमा आयोजित समाजको साधारणसभाले झालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
हाल नेपाल न्युरोसर्जन समाजको अध्यक्ष डा. यमबहादुर रोका छन् । संघको नवनिर्वाचित उपाध्यक्षमा डा. सुदन ढकाल, सचिवमा डा. गोपाल सेढाईं, सहसचिवमा डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ र कोषाध्यक्षमा डा. विनोद राजभण्डारी छन् ।
सदस्यहरूमा डा. अनिषमान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युष श्रेष्ठ र डा. समीर अर्याल चयन भएका छन् ।
अध्यक्षमा चयन भएपछि प्रा. डा. झाले न्युरो सर्जनलाई तालिम दिनेदेखि देशका सबै क्षेत्रमा न्युरोसम्बन्धी समस्याको सहज उपचार र सबैको पहुँचमा पुर्याउने तत्पर भएर लाग्ने बताए । ‘समाजले न्युरोसम्बन्धी समस्याको उपचारमा सहज पहुँच पुर्याउन ठोस पहल गर्नेछ । साथै न्युरो विज्ञानमा आएका नयाँ प्रविधिको कसरी नेपालमा सरल तरिकाले भित्र्याउनेमा पहल हुनेछ,’ उनले भने ।
समाजमा देशभरका ११४ जना न्युरोसर्जन आबद्ध छन् ।
प्रतिक्रिया 4