
१२ मंसिर, काठमाडौं । भारतको उत्तर काशीस्थित निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरको १७ औं दिनमा उद्दार गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार मंगलबार साँझ सबै मजदुरलाई सकुशल बाहिर निकालिएको छ ।
१२ नोभेम्बरमा सुरुङको एउटा भाग खसेपछि ४१ जना मजदुर सुरुङभित्रै थुनिएका थिए । उनीहरुका लागि स्टिल पाइपबाट खाना र पानी पुर्याइएको थियो ।
त्यसपछि ८०० एमएमको स्टिल पाइप राखेर मजदुरहरुको उद्दार गर्ने प्रयास भएको थियो । त्यसक्रममा करिव ४५ मिटरसम्म स्टिल पाइप राखेपछि अवरोध आएको थियो ।
समाचारमा जनाएअनुसार २४ नोभेम्बरमा म्यानुअल ड्रिलिङ सुरु गरिएको थियो र मंगलबार सबैको उद्दार भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4