
१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4