१४ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा धनगढी एफसीले बिहीबारको खेलमा बुटवल लुम्बिनीको सामना गर्दैछ । त्यस खेल अगाडि यस खेलसँग जोडिएको तथ्यांक यस्ता छन् -्
१. यो यसपल्टको प्रतियोगिताको आठौं र समग्रमा ३३औं खेल हुनेछ ।
२. धनगढी तीन अंकसहित लिग तालिकाको चौथो स्थानमा छ भने बुटवल-लुम्बिनीविना कुनै अंक अन्तिम स्थानमा छ ।
३. यी दुई टिमबीच अहिलेसम्म एक खेल भएको छ । त्यसमा बुटवल-लुम्बिनी विजयी रहेको छ ।
४. वर्ष ०७८ को लिग चरणमा बुटवल-लुम्बिनीले धनगढीलाई १-० ले हराएको थियो । त्यसमा सुमन लामाले ८० औं मिनेटमा निर्णायक गोल गरेका थिए । यी खेल जितेर बुटवल-लुम्बिनी पहिलो इलिमिनेटरका लागि छनोट भएको थियो ।
५. धनगढीले यसपल्ट एक खेल खेलेको त्यसमा विजयी रहेको छ । धनगढीले वीरगञ्ज युनाइटेडलाई २-१ ले हराएको हो । समग्रमा धनगढीले अहिलेसम्म १० खेल खेलेकोमा सातमा जित, एकमा बराबरी र दुईमा हारको स्थिति रहेको छ ।
६. बुटवल-लुम्बिनीले यसपल्ट एक खेल खेलेकामा त्यसमा पराजित रहेको छ । उसलाई ललितपुर सिटी एफसीले २-० ले हराएको थियो । समग्रमा बुटवल-लुम्बिनीले आठ खेल खेलेकामा दुई जित, दुई बराबरी र चार हार रहेको छ ।
प्रतिक्रिया 4