
काठमाडौं । विश्व फिल्मको अभिलेख राख्ने चर्चित वेबसाइट आईएमडीबीले सन् २०२३ का सर्वश्रेष्ठ हलिउड र बलिउड फिल्मको सूची सार्वजनिक गरेको छ । बक्स अफिसमा हिट भएकादेखि समीक्षात्मक रुपमा रुचाइएका फिल्मसम्म यसमा समेटिएका छन् ।
वर्षभरिका फिल्मलाई समेटेर तयार पारिएको सूचीमा हलिउडतर्फ क्रिस्टोफर नोलन निर्देशित आणविक बमको आविष्कारसम्बन्धी कथावस्तुमा बनेको फिल्म ‘ओपेनहाइमर’ छ ।
त्यसपछि क्रमशः ग्रेटा ली स्टारर ‘पास्ट लाइभ्स’, लियोनार्दो डिकाप्रियो स्टारर ‘किलर्स अफ द फ्लावर मुन’, एम्मा स्टोन र मार्क रफेलो अभिनित ‘पुअर थिंग्स’, एनाटोमी अफ अ फल, स्पाइडरम्यान एक्रस द स्पाइडर भर्स, द होल्डओभर्स, मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वन, अबाउट ड्राइ ग्रासेस र जोन विक : च्याप्टर ४ छन् ।
‘बार्बी’ २५ औं स्थानमा छ । नेपालमा प्रदर्शन तयारीमा रहेको ‘आक्वाम्यान : एण्ड द लस्ट किङडम’ ३७ औं स्थानमा छ ।
भारतीय फिल्मको सूचीतर्फ शाहरुख खान स्टारर ‘जवान’ शीर्षस्थानमा छ । उत्कृष्ट १० मा क्रमशः पठान, रकी और रानीकी प्रेम कहानी, लियो, ओएमजी २, जेलर, गदर २, द केरला स्टोरी, तु झूठी मैं मक्कर र भोला छन् ।
प्रतिक्रिया 4