+
+

कांग्रेसको ५ प्रदेशको सम्मेलनको मिति तोकियो, कर्णाली र सुदूरपश्चिमको बाँकी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १७:३१

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ ।

सम्मेलन पोखरा सभागृहमा हुने र ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।

संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दैछ ।

कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीको पुस ९ गते र लुम्बिनीको मंसिर १६ र १७ गतेका लागि तय भएको नेपाली कांग्रेसले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?