
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘म्याक्सचेञ्ज’ मेला कार्यक्रम आयोजना गर्ने भएको छ ।
यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुचि तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
१५–१७ मंसिरसम्म थापाथली, सल्लाघारीका साथै देशभरका टाटा मोटर्सको शोरुममा मेला आयोजना भइरहेको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सले भारतमा हरेक तीन महिनामा मूल्य समायोजन गर्ने भएता पनि विगत केही समयसम्म मूल्य बढाएको भने छैन । नयाँ वर्षदेखि टाटा कारहरुको मूल्य बढ्न सक्ने प्रबल सम्भावना भएकोले टाटाको नेक्सन ईभी किन्ने सोचमा हुनेहरुले भने यो मेलाको फाइदा उठाउन सक्ने कम्पनीले बताएको छ ।
म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।
साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन ।
यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
प्रतिक्रिया 4