+
+

राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १३:१०

१५ मंसिर, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले पदबाट राजीनामा दिएका छन् । बरालले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

बरालले ८ मंसिरमा राजीनमा दिएका थिए, सो राजीनामा १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका कर्मचारीबाटै सहयोग नपाएको गुनासो गर्दै आएका उनले घरायसी कारण देखाउँदै कम्पनीको सीईओबाट राजीनामा दिएका हुन् ।

२०७९ भदौमा ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनले १५ महिना मात्रै कार्यभार सम्हाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?