+
+

यूएसएआईडीको कृषि परियोजना ‘फिड द फ्युचर’ कार्यक्रम सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १३:१०

१५ मंसिर, काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को ‘फिड द फ्युचर नेपाल यूएसएआईडी कृषि सामग्री’ नामक नयाँ कार्यक्रम सुरू भएको छ ।

यूएसएआईडी आर्थिक सहयोग र नेपाल सरकारको सहकार्यमा उक्त परियोनाको सुरुवात गरिएको हो ।

करिब सवा तीन अर्ब रुपैयाँ लगानी रहेको उक्त परियोजना कृषि सामग्रीसम्मको पहुँचलाई बढाउदै नेपालको समग्र कृषि प्रणालिकाे विकासमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको हो ।

उक्त परियोजना सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका गरी १६ जिल्लामा सञ्चालन हुनेछ । पाँच वर्ष चल्ने उक्त परियोजनाले कृषि बिउ, मल, सिंचाइ र कृषि यान्त्रीकरणका क्षेत्रमा काम गर्नेछ ।

कार्यक्रममा यूएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल सिफरले उक्त परियोजाले नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न भूमिका खेल्ने बताए । उनले कृषि उत्पादनमा वृद्धि गर्दै किसानको आय स्तर उकास्न समेत सहयोग पुग्ने बताए ।

यूएसएआईडी नेपालको मिसन निर्देशकका रुपमा सेपीदाह केभानशादले कृषिमा व्यवसायिकीकरण गर्न सके रोजगारी सिर्जना गर्ने र नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

उक्त परियोजा अन्तर्गत दुई लाखभन्दा बढी कृषकहरुलाई आधुनिक कृषि सामग्री तथा प्रविधिमा पहुँच अभिवृद्धि गराइने र उनीहरूका परिवारलाई लाभान्वित गर्ने अपेक्षा राखिएको छ । यसले नेपालको उत्पादकत्व र आय वृद्धि गर्ने र खाद्य सुरक्षामा सुधार गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?