
१७ मंसिर, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ ।
स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जा अवाका अनुसार महिलाको मृत्युबारे अनुसन्धान सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4