+

दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई २९ स्वर्ण

२०८० मंसिर  १८ गते ८:४४ २०८० मंसिर १८ गते ८:४४
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई २९ स्वर्ण

१८ मंसिर, काठमाडौं । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यका साथ दोस्रो भयो । नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्यो ।

त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यका साथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंका (एनओसी) टिम पाँचौं तथा २ कांस्य साथ भुटान छैटौं भए ।

विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङ लगायतले आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी थिए ।

दक्षिण एसियाली कराते च्याम्प्यिनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय