+
+

दाङबाट हराएका बालक ८ दिनपछि काठमाडौंमा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १३:०८

१८ मंसिर, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् ।

उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जीवराज रेग्मीले जानकारी दिए । ‘आठ दिनपछि छोरो सकुशल फेला पर्दा भावुक भएँ, मेरो खुसीको आँसु झर्यो, छोरो पनि रोयो’, जीवराजले भने ।

खेल्न जान लागेको भन्दै घरबाट निस्किएका आनन्द मंसिर १४ गते राति अबेरसम्म नफर्किएपछि अभिभावकहरुले खोजी सुरु गरेका थिए । दाङबाट काठमाडौं जाने गाडीमा चढेको प्रारम्भिक जानकारी पाएपछि उनका बुवा रेग्मी छोरो खोज्न भन्दै काठमाडौं आएका थिए । प्रहरीले पनि खोजी जारी राखेको भए पनि जीवराज आफैंले छोरालाई फेला पारेका थिए ।

बुवा जीवराजका अनुसार उनको छोरा आनन्द मंसिर १२ गते तुलसीपुरबाट काठमाडौं जाने नाइट बस चढेका थिए । भोलिपल्ट उनी बालाजु माछापोखरीमा ओर्लिएका थिए । त्यसपछि उनी नयाँबसपार्क क्षेत्रभित्रका खाली बसमा बस्ने र होटलमा गएर खाने गरेका थिए ।

घुम्न भनेर दाङबाट काठमाडौं आएका उनले आठ दिनको अवधिमा धेरैजसो बसमै यात्रा गरेर बिताएको पाइएको छ । उनका बाबु जीवराजले भने, ‘घरबाट काठमाडौं आएपछि फेरि काठमाडौंबाट बस चढेर नेपालगञ्ज, सुर्खेत पुगेर काठमाडौं नै फर्किएछ । नेपालगञ्जमा साइकल किनेर, काठमाडौं ल्याएर स्वयम्भुसम्म घुम्न पनि गएछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?