+
+

मैले एकै खेलमा यति राम्रो गोलहरु यसअघि देखेको थिइनँ : क्लोप

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १४:३३

१८ मंसिर, काठमाडौं । प्रिमियर लिगमा आइतबार फुलहममाथि ४-३ को रोमाञ्चक जित निकालेपछि लिभरपुलका म्यानेजर योर्गन क्लोपले आफ्नो खेलाडीले गरेको गोलको खुलेरै तारिफ गरेका छन् ।

‘मैले यति राम्रो गोलहरु भएको अहिलेसम्म कुनै खेल देखेको छैन ।’ फुलहम विरुद्ध अन्तिम समयमा जित हात पार्दा लिभरपुलले चार उत्कृष्ट गोल गरेको थियो । त्यही गोलको प्रशंसा गर्दै क्लोपले खेलपछि स्काई स्पोर्ट्ससँग यस्तो भनेका हुन् ।

गोलको सुरुवात ट्रेन्ट अलेजान्डर आर्नोल्डको फ्रिकिकबाट भएको थियो । उनले हानेको उत्कृष्ट फ्रिकिक फुलहमका गोलकिपर बर्न्ड लेनोलाई लाग्दै गोल भएको थियो ।त्यसपछि १-१ को बराबरी हुँदा एलेक्स म्याक एलिस्टरले टप कर्नरमा उत्कृष्ट गोल गरे ।

केन्नी टेटे र बब्बी रेइडको गोल गरेपछि पुलहमले ८७ मिनेटसम्म लिभरपुलमाथि ३-२ को अग्रता बनाएको थियो ।तर अन्तिम मसयमा लिभरपुलले दुई गोल फर्कायो ।

८७औं मिनेटमा लिभरपुलका वातारु एन्डोले अर्को उत्कृष्ट गोल गर्दा लिभरपुलले खेल बराबरी गरेको थियो ।

त्यसको केही सेकेण्ड पछि नै अलेजान्डर आर्नोल्डले उत्कृष्ट फिनिस गर्दै सानदार गोल गरे । यही गोलले लिभरपुलले खेल जित्दै ३ अंक जोड्यो ।

‘आज हामीले विश्व स्तरीय चार गोल गर्‍यौँ र अन्तिममा खेल जित्दै हामी भाग्यमानी भयौँ। यसैले सबै कुरा भन्छ ।’ क्लोपले भनेका छन् । ‘इमानदार भएर भन्दा मैले यसअघि एकै खेलमा यति राम्रव चार गोल देखेकै छैन ।’

फुलहमका म्यानेजर मार्को सिल्भा पनि अचम्मै परे । उनले यस्तो गोलहरु सधैं नहुने र यस खेलमा उत्कृष्ट गोल भएको बताए । उनले लामो दूरीबाट लिभरपुलले चार उत्कृष्ट गोल गरेको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?