१९ मंसिर, काठमाडौं । मलेसियामा यही मंसिर २५ दिखे २९ गतेसम्म हुने ३४औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । उक्त प्रतियोगितामा सहभागि हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको पेनाङ जाने भएको छ ।
प्रतियोगिताको पुरुष ५१ केजीमा प्रबल उप्रेती, ५४ केजीमा सिंहवीर लिम्बू, ५७ केजीमा छिरिङ वाङदी शेर्पा, ६० केजीमा शुलभ माली र ६३ केजीमा रिजन गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
नेपाली टोलीको प्रशिक्षकमा सन्जिप श्रेष्ठ तथा व्यवस्थापकमा स्मृति विश्वास रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतिक्रिया 4